Nepali Essay on "Pani ko Mahato", "पानीको महत्व नेपाली निबंध" for Students

Importance of Water Essay in Nepali : In this article we are providing पानीको महत्व नेपाली निबंध for Class 5, 6, 7, 8, 9 and 10. Read here Pani ko Mahato in Nepali Essay for Students.

Nepali Essay on "Pani ko Mahato", "पानीको महत्व नेपाली निबंध" for Students

पानीको महत्व नेपाली निबंध

पानीको महत्व मानव जीवनमा र सबै जीवित प्राणीहरूको लागि पानीको महत्त्व अतुलनीय छ। संसारको लगभग ७० प्रतिशत पानी भण्डार गरिएको छ। प्रत्येक वर्ष पानी चक्रले यसलाई वर्षा र पृथ्वीमा पानी प्रयोग गर्दछ। पानी सबै प्रकारका जीवित चीजहरू जस्तै रूख, जनावर र मानिसका लागि प्रयोग गरिन्छ। खाद्य उत्पादन, शरीरको सरसफाई र तिर्खा मेटाउन पानीको प्रयोग भइरहेको छ। जलीय जनावरहरू पानीमा बस्छन्। पानी पाँच महान सिद्धान्तहरू मध्ये एक हो। यसको अस्तित्व प्रकृतिमा प्रशस्त छ। पृथ्वीमा जीवनको निर्माण र जीवनको निरन्तरताको लागि पानी आवश्यक छ। जीवित प्राणीहरूको पोषण र निर्वाहका लागि पानी आवश्यक छ।

Nepali Essay on "Pani ko Mahato", "पानीको महत्व नेपाली निबंध" for Students

मानव जीवन पूर्णतया पानीमा आधारित छ। हाम्रो शरीरमा पनि ७० प्रतिशत पानी हुन्छ । पानीले हाम्रो शरीरलाई सफा राख्न सक्छ। कपडा धुने, खाना पकाउने र घर र परिसरको सरसफाई जस्ता अन्य दैनिक कार्यमा पानी प्रयोग गरिन्छ। मानिसले खाद्यान्न उत्पादनको लागि कृषि गरिरहेको छ। सम्पूर्ण खेती पानीमा निर्भर छा वर्षा वा पानीको नियमित उपलब्धताले हामी खाद्यान्न खेती र उत्पादन गर्न सक्छौं। हामी खाना बिना केहि दिन बाँच्न सक्छौं तर पानी बिना होइन। पानीले शरीर र अन्य शारीरिक प्रक्रियाहरूलाई सफा गर्छ। मानिसले आफ्नो आवश्यकता अनुसार तातो, तातो र चिसो पानी जस्ता विभिन्न तापक्रमको प्रयोग गर्दछ।

पानीको उपयोग र महत्व बुझेर पानी नै जीवन हो भन्न सकिन्छ। पानी पिउने र प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ। पानीले धेरै रोग निको पार्न सक्छ तर पानीले धेरै रोग निम्त्याउँछ। पानी एक मात्र तत्व हुनेछ जुन मानिसले हरेक तरिकामा प्रयोग गर्दछ। पानी प्रयोग गर्ने भौतिक वस्तुहरू निर्माण गर्ने प्रक्रियामा पनि प्रयोग गरिन्छ। यसरी जीवन दिने पानीको हाम्रो अस्तित्वमा अनौठो महत्त्व

Pani ko Mahato in Nepali Essay 

पृथ्वीमा पानीको विभिन्न स्रोतहरू पाइन्छन्। जस्तैः  खोलाको पानी, आकाशे पानी, कुवाको जरुवा मुलको पानी र  बरफ पग्लेर बन्ने पानी, असिना पानी, हिउ आदी। वायुमण्डलमा वास्पिकरण र चिसिने प्रक्रियाका कारण पानीका विभिन्न रूपहरू परिवर्तन भईरहेको हुन्छ साथसाथै पानी एकस्थानबाट अर्को स्थानसम्म पनि पुगिरहेको हुन्छ जसलाई जलचक्र भनिन्छ। सम्पूर्ण मानव जीवनलाई यस चक्रको अती महत्व छ। प्रकाशको सही संयोजन हुने हो भने वायुमण्डल भएका पानीका थोपाहरूमा सूर्यको प्रकाश परावर्तन भएमा इन्द्रेणी देखा पर्ने गर्दछ।

पानी हाम्रो सभ्यतासँग जोडिएको छ। खेतीपातीको लागि पनि पानी अति आवश्यक छ। खासगरी बर्षाको पानी कृषिउत्पादनका लागि महत्वपूर्ण मानिन्छ। यसका अलावा नहर तथा कुलोको मद्दतले नदीको पानी पनि सिंचाईका लागि उपयोग गरिन्छ। पानीका श्रोतहरू नदी र समुन्द्रले यातायात तथा व्यापारका अवसरहरू प्रदान गर्दछन्। नदीहरूले बगाएर ल्याएको माटोले विभिन्न उपत्यका तथा समतल भूभागहरूलाई अत्यन्तै मलिलो बनाउने गर्दछ। नेपालको तराई भूभाग यसको गतिलो उदाहरण हो।

माटोले सोसेर लिएको पानी जमीनमुनी जम्मा हुन्छ। यसरी जम्मा भएको पानी कुनै स्थानबाट मुलफुटेर बाहिर निस्कने गर्दछ। बाहिर निस्केको पानी धारा, कुवा, पधेरा, तातोपानीको फोहोरा आदि नामले चिनिन्छ। यस्तो पानी कृतिम रूपमा ईनार खनेर पनि निकाल्ने गरिन्छ।

पानीले विभिन्न तत्वहरूलाई सजिलै घुलाउन सक्छ, त्यसैले पानीको गन्ध र स्वाद विभिन्न स्थानमा फरक फरक हुनेगर्दछ। वास्तवमा हामीले स्वाद र गन्धको आधारमा पानी खान योग्य भएको अथवा नभएको निर्धारण गर्ने गर्दछौं। हामी समुन्द्रको नुनिलो पानी तथा सिमसारमा जमेको दुर्गन्धित पानी पनि खादैनौ तर पहाडको मुलबाट निस्कने स्वच्छ पानी मनपराएर खान्छौं।

पानीको फरक खालको गुणहुने भएकोले यो प्राणीहरूका लागि अति उपयोगि छ। यो एउटा राम्रो घोलक हो र यसको अति उच्च सतहि दबाब हुन्छ। ४° सेल्सियसमा शुद्ध पानीको घनत्व सबैभन्दा उच्चहुने गर्दछ, ४° सेल्सियस भन्दा तापक्रम बढेपनि घटेपनि यसको घनत्व घट्ने गर्दछ। पानी एउटा तटस्थ पदार्थ भएकोले वातवरणमा विकिरणको शोषण गरी हरित गृह प्रभावलाई समेत घटाउन मद्दत पुर्याउने गर्दछ। पानीको बिशिष्ट ताप धारण शक्ति एकदमै धेरै हुने हुनाले यसले पृथ्वीको मौसमलाई निर्धारण गर्न महत्वपूर्ण भुमिका खेल्नेगर्दछ।

एउटा राम्रो घोलक पदार्थ भएको हुनाले यसले विभिन्न लवणहरू तथा चिनीलाई घुलाउने काम गर्दछ। यसका अलावा पानीले विभिन्न तत्वहरूको रासायनिक प्रतिक्रियामा उत्प्रेरकको रूपमा काम गर्दछ। सजिवहरूको शरीरमा हुने विभिन्न प्रतिक्रियाहरूमा पनि पानीले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

यद्यपी केही तत्वहरू पानीमा नघुल्ने खालका हुन्छन्। केही तरल पदार्थ जस्तै तेल, घ्यू र ढुङ्गा, काठ, धातुहरू पानीमा घुल्दैनन्। प्राणी कोषमा हुने सेल मेम्ब्रेन्ले पानीको यही गुणको उपयोग गरी प्राणी कोष भित्र र बाहिरका रासायनिक तत्वहरूको संयोजन गर्ने गर्दछ।

पानीको सतहि दबाब धेरै भएकोले नै पानी थोपाको रूपमा बस्ने गर्दछ। यस्तो उदाहरण शिशा जस्तो कुनै पानी सोस्न नसक्ने वस्तुमा पानी परेको बेलामा देख्न सकिन्छ। पानीको यो गुण बिरुवाहरूले प्रकाश संस्लेषणको बेलामा उत्पन्न भएको पानीलाई बाहिर फाल्न अति उपयोगि हुन्छ।

पानीको ठोस रूप बरफ तरल पदार्थमा तैरिने गर्दछ। यो साधारण गुण भएपनि यसको वातावरणीय महत्व धेरै छ। ठोस अवस्थामा बरफको घनत्व पानीको घनत्व भन्दा कम हुने भएकोले बरफ पानीमा तैरिन्छ। तैरिएको बरफले वातवरणीय चिसोपनालाई तल रहेको पानीसम्म पुग्न दिंदैन फलस्वरूप तल्लो सतहको पानी तरल अवस्थामै रहन्छ। पानीको यही अनौठो गुणका कारण धेरै चिसा ठाँउहरूमा माथिल्लो सतहमा बरफ जमे पनि तल रहेको पानीमा जलचरहरू जीवित रहन सक्छन।

पानीको संरक्षण र हाम्रो जिम्मेदारी

आज हर व्यक्ति पानीको दुरुपयोग गरिरहेका छन्। बाथरुम, शौचालय, भान्साघर र बगैंचाको सिंचाईमा पानीको खपत अत्यधिक मात्रामा भइरहेको छ। हामी सबैको कर्तव्य हो पानीको दुरुपयोग हुनबाट सुरक्षा गर्नु र पानीलाई खेर जान नदिनु, किनकि कुनै पनि चीजको दुरुपयोग दरिद्रता तथा निर्धनताको कारण हुन पुग्छ। फजुल खर्च गर्नाले नोक्सान पनि हुन्छ र आवश्यक पर्ने व्यक्तिहरुले प्रयोग गर्न पाउँदैनन्। न उसले आफूले गरेको गलत कार्यको बारेमा सोच्दछ र न अर्को व्यक्तिलाई उसले गरेको गलत कारणले भएको हानीको बारेमा सोच्दछ। इस्लाम फजुल खर्च गर्नबाट रोक्दछ र संरक्षण गर्न आज्ञा दिन्छ। क़ुरआनमा भनिएको छ “खानु पिउनु तर फजुल खर्च नगर्नु, अल्लाह फजुल खर्च गर्नेवालालाई मन पराउँदैनन।”

मुहम्मद सल्ल. जसको जीवन प्रत्येक मानवको लागि आदर्श थियो, पानीको संरक्षण गर्न वहाँले दिएको अर्ती उपदेश हामीसबैका लागि उपयोगि सावित हुनेछ। वहाँ धेरैमा ६५० ग्राम पानीबाट वुजू गर्नु हुन्थ्यो तथा अढाई लीटर देखि तीन लीटरसम्म पानीले नुहाउनु हुन्थ्यो।(मुस्लिम)

एक व्यक्ति हज़रत इब्ने अब्बास रज़ि. को छेउ आयो र सोध्यो वुज़ूको लागि कति पानी हामीलाई आवाश्यक पर्छ ? त वहाँले भन्नुभयो-आधा लिटर भन्दा केही बढि, फेरी भन्नुभयो नुहाउनको लागि कति पानीको जरुरत पर्छ ? अढाई देखि तीन लीटरसम्म। उसने भने, मलाई यति पानीले पुग्दैन। वहाँले भन्नुभयो, वहाँलाई पुग्यो जो तिमी भन्दा उत्तम थिए, अर्थात् अल्लाहको रसूल मुहम्मद सल्ल.।(अहमद)

एक पटक मुहम्मद सल्ल. हज़रत साद बिन अबी वक्क़ास रज़ि. को नजिकबाट जाँदै हुनुहुन्थ्यो त्यसै समय वहाँ वुज़ू गरि रहनु भएको थियो र पानीको प्रयोग ज़रुरत भन्दा ज़्यादा खर्च गरिरहेका थिए। वहाँले भन्नुभयो, हे साद! यो के फजूल खर्च गरेको ?  उनले सोधे, के वुज़ूमा पनि फज़ूल खर्ची हुन्छ ? वहाँले भन्नुभयो, हो किन होइन! यदि तिमी बगिरहेको नदीको नजीक नै भए पनि आवश्यकता भन्दा धेरै पानीको प्रयोग गर्नु फुज़ूलखर्ची हो।

अनुरोधः हामी प्रत्येक देशवासी दाजु-भाई तथा दिदीबहिनीहरुसँग विन्ती गर्दछौ कि यस जटिल समस्याको अनुभव गरून जुन पानीको अभावमा प्यासले छटपटाएका हुन्छन् जुन अरुले अत्यधिक पानीको नोक्सान गराई धेरै मात्रामा पानीको प्रयोग गर्नाको कारणले पीडित बन्नु परेको हुन्छ र हाम्रो उत्तरदायित्व हुनेछ कि हातमा हात मिलाएर यस समस्याको समाधानको लागि अग्रसर हुनु हो, किनकि पानीको सुरक्षा गर्नु हामी सबैको कर्तव्य हो।

पानीको संरक्षणको लागि केही नियम

  • बगैंचाको सिंचाई बिहान अथवा साँझमा पातलो पाईपद्वारा गर्नु धेरै हदसम्म पानीको बचत हुनसक्छ ।
  • गाडिलाई पाईपले धुनुको सट्टा बाल्टीमा पानी लिएर कचौराको प्रयोग गरेर धुनु राम्रो हो।
  • ब्रस गर्दाको समय, दाह्री काट्दाको समय, भाँडा माझ्दाको समय नललाई खुल्ला राखेर अनावश्यक रुपमा पानी खेर जानबाट रोक्नु पर्दछ। यसै गरि काम सकेपछि नललाई राम्रोसँग बन्द गर्नुपर्छ। यदि प्रयोग गरिएको पानीलाई हामी अरु कुनै अन्य काममा लगाउन सम्भव भए प्रयोगमा ल्याउनुहोस्।
  • थोपा-थोपा गरेर पानी झरेर धेरै नोक्सान हुन्छ। यदि पुरै दिन पानीको थोपा-थोपा गरेर चुही रहयो भने एक दिनमा अनुमानितः २७ लीटर पानी नोक्सान हुन्छ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 Comments: