सामाजिक समस्या निबंध नेपालीमा - Essay on Social Problems in Nepali Language

Essay on Social Problems in Nepali Language : In this article, we are providing "सामाजिक समस्या निबंध नेपालीमा", "Samajik Samasya Nibandh in Nepali" and Essay on Social Problems in Nepali Language for Students.

सामाजिक समस्या निबंध नेपालीमा - Essay on Social Problems in Nepali Language

समाजमा हुने समस्यालाई सामाजिक समस्या भनिन्छ । हाम्रो समाजमा धेरै समस्या हुने गर्छन् । कहिलेकाही झगडा हुने,भेदभाव गर्ने,अन्धविश्वास गर्ने आदि सामाजिक समस्या हुन् ।आजको दिनमा समाजमा समस्याहरु बढ्दै गएको छ । मनिस आफ्नो स्वार्थका लागि समस्याहरु उत्पन्न गर्छन्।  जस्तै – गाउँमा मानिसहरु कुनै रोगको सिकार भयो भने अस्पताल नगएर धामी झाँक्री संग उपचार गराउन जानछन् ।  उनीहरु धामी झाँक्रीमा बिश्वास  गरेको कारणले हरेक बर्ष गाउँमा धरै मान्छेहरुको मृत्यु हुन्छ ।

सामाजिक समस्या निबंध नेपालीमा - Essay on Social Problems in Nepali Language

हाम्रो समाजमा हत्याहिंसा,भेदभाव,दाइजो प्रथा,वाल विवाह,लागु पदार्थ खाने आदि समस्याहरु हुन् ।ती मध्ये एक खतरनाक र अहिले बढी मात्रामा चलेरहेको समस्या लागु पदार्थ हुन्। तिब्र गतिमा बढिरहेको नसालु पदार्थलाई लागु पदार्थ भनिन्छ।आज यसै कारणले मानिसको जीवनमा असर परिरहेको छ। यो हाम्रो स्वास्थकोलागि एकदमै खतरनाक बस्तु हो। जस्तै गाजा,दृग्स,चरेस,हेरोइने आदि । एस्तो चिज मानिसले खाएको भएर कति मानिसहरु रोडमै झगडा गरेको र मृत्यु भएको खबर आउने गरछन् ।

ढोस्रो समस्या भने हत्याहिंसा हो। आज यो आधुनिक युगमा मानिस आफ्नो स्वार्थ र कमाउनकोलागि अरुलाई मर्ने कम गरछन्। समाजमा हत्याहिंसा बढ्दै गइरहेको छ। मानिसहरु पैसाको लागि धनी मान्छेहरुलाई लुटपाट गर्ने कम गर्छन्।मनिस सम्पति,घरबंगलाको लागि आफ्नो छिमेकी,घरपरिवारलाई मर्ने गरेको समाचारमा सुनाउने गर्छन्। यस्तो कारणले गर्दा हाम्रो घरपरिवार असुरक्षित छन् ।

सामाजिक समस्या मध्ये एक नराम्रो र बिस्तृत रुपमा चलिरहेको समस्या दाइजो प्रथा हुन्।दाईजो प्रथा विवाह पश्चात केटीको माता-पिताले(माइती पक्षले) केटीलाई वा छोरीलाई दिएको धन-सम्पति, रूपियाँ-पैसा अथवा सामान (नगद र जिन्सी) दाईजो हो भने दाईजो दिने प्रचलन दाईजो प्रथा हो। दाइजो दिने र लिने चलन नेपाली समाजमा पहिलेदेखिनै प्रचलनमा पाइन्छ।यदिकेटीको माता-पिताले मागेको जति रुपैया दिएन भने विहे गर्न दिदैनन्। यस्ता चलनको कारणले गरिब घरका छोरीहरुकोविहे भइरहेको छैन्। अलिकति भएको जमिन र घरहरु बेचेर विहे गराइरहेका छन् । तर यो प्राय अविकसित गाउँहरुमा गर्ने चलन हो।

भेदभाव भनेको जात,धर्म,छोराछोरीआदि बिच गरिने भेद वा तल्लो उच्चको भावलाई भेदभाव भनिन्छ। समाजमा जातधर्म,कम,भाषाभेषमा भेदभाव गरिन्छ। अझै गाउँहरुमा छोराले विद्यालयमा पढ्न पाउने तर छोरीले घरमा कामगर्नु पर्ने हुन्छ। तिनीहरु सोच्छन छोराले भविष्यमा सहायता गर्छन् तर छोरीले बिहेमा खर्च मात्र गराउछन्। छोरापाउने आशामा महिलाले धेरै शिशु जन्माउँछन्। यदि छोरी भयो भने पेटमै मर्ने गरेको खबर पनि आउछन्। यसको कारणले यो देशको जनसङख्यामा असर परिरहेको छ।

भ्रस्टाचार समाजको अर्को समस्यो हो। 

भ्रस्टाचार एउटा सामाजिक महारोग हो। यसलाई कम नगरेसम्म जस्तोसुकै व्यवस्था आए पनि र जोसुकैको नेतृत्व भए पनि देश अगाडि बढ्दैन। सामान्य रुपमा भ्रस्टाचार भनेको घुस लेने वा दिने हो। यस समाजमा भ्रस्टचारीको कारणले राम्रो र ज्ञानी बिधार्थीको भर्ना भइरहेको छैन तर मुर्खहरुको भर्ना घुस दिएर भइरहेको छ। आज नेताहरुले भ्रस्टाचार भएको कारणले देश पछाडी पर्छन् र विकास पनि भइरहेको छैन। धनी मान्छे नै अहिले अगाडि हुन्छन् र विभिन्न नराम्रा काम घुस दिएर गराउँछन्। आज थोरै मान्छेहरु राम्रो हुन्छन् त र धेरै मान्छे भ्रस्टाचार तर्फ हुन्छन्। पैसा कमाउनको लागि घुस आजकल बढ्दै  गइरहेको छ। यो हाम्रो समाजको एकजटिल समस्या हो । यसलाई काबुमा लाउनकालागि समाजले भ्रस्टचारीलाई महत्वपूर्ण पाठ पढाउनु पर्छ। 

अझै हाम्रो समाजमा चेलीबेटी बेचबेखन पनि तिब्र गतिमा बढिरहेको छ। चेलीबेटी बेचबेखन भनेको महिलालाई बेच्ने कम। सुरुमा त समाजका अथवा अपरिचित मान्छेले महिलालाई अपहरण गर्छन् र उनीहरु देशविदेशमा बेच्छन्। कसैले कारखानामा बेच्छन् त कसैले होटेलमा बेचीदिनछन्। अचम्मको कुरा यो हो कि भारतको बिभिन्न सहरमा वर्षौ भरिमा पाच हजार भन्दा बढी महिलाको बेचबेखन हुन्छन्। त्यसैले हाम्रो समाजका महिलाहरु असुरक्षित छन्। यसै कारणले महिलाहरु अहिले  पछाडी छन् र समाजमा आफ्नो हक पाईरहेको छैन। नारी जति पछाडी यो समस्याको कारणले हो।

ती समस्याहरु मध्ये वाल बिवाह पनि एक हो। यो प्राय गाउँमा हुने गर्छ। बाल्यकालमा बिहे गराउने चलनलाई वाल विवाह भनिन्छ। नियम अनुसार अठार वर्ष भन्दाकम उमेरको बालबालिकाले विहे गर्न पाउने छैन तैपनि गौहरुमा वालविवाह भइरहेको छ।सानै उमेरमा विहे गरेकोले एच-आइ-भी लाग्ने  सम्भावना पनि हुन्छ। यो समस्याले पनि जनसंख्यामा असर पार्छ। यसले गर्दा धेरै बच्चाहरुको जन्म हुन्छ। यस अमेरमा स्वास्थको बारेमा थाहा हुँदैन र धेरै रोगका सिकार हुन सक्छ। वाल विवाहको अन्त्य मानिसको मानसिक विकास भएपछि होलान् भन्ने सबै ठानछन्।

अहिले समाजमा मानिसहरु सानालाई जातधर्ममा भेदभाव र हेप्ने गरछन्। साना अर्थात्  तल्लो जतिको मानिसलाई काम पनि दिदैनन। जस्तै –हाम्रो सहर हेटौँडा ।यहाँ विभिन्न जातजातिका मानिसहरुको बसोबास छन् तर अझै धेरै मानिस नराम्रो सोच लिएर बसेका हुन्छन्। उनीहरुको आफ्नो कम बिग्रियो भने अरुमाथि दोस दिने गरछन् र जथाभावी नचाहिने कुरमा वादविवाद गर्न थाल्छन्। यसी कारणले समाजमा बिभिन्न समस्याहरु हुन्छन। कहिले पैसा चोरेको कारणले झगडा गर्छन् कहिले उटपटयाङ कमगर्ने गरछन्। यसै कारणले हाम्रो समाजको उन्नति भइरहेको छैन।हाम्रो समाज विभिन्न राम्रा कामको लागि चिनिन्छ तर एउटा नराम्रो कामको कारणले समाजलाई कसैलेमन पराउँदैनन।त्यसै कारणले यदि हामीले कडा नियम र कानुन बनायो भने हाम्रो समाज अगाडिबढ्न सक्छ र सगरमाथा झैँ उच्च नाम कमाउन सक्छ। कडानियमबनाए पनि यस आधानिक युगमा नराम्रो मानिसले गर्दा समाज पछि पर्छन्।देशको निर्माणमार उन्नतिमा समाजको ठुलो योगदान रहेको छ भन्ने कुरा प्रत्यक नागरिकले दिलदिमागले बुझानुपर्छ।

हामी सबै देशका र समाजका सच्चा नागरिक हौ भने यस्ता समस्यालाई मिलिजुली सुल्झाउनुपर्छ। यदि यस्तो भयो भने हाम्रो समाज पक्कै अगाडि बढ्न् सक्छर विकास पनि हुन सक्छ। सुरुमा मानिसले आफ्नो भलो मात्र नसोचेर अर्काको बारेमा पनि सोच्नु पर्छ भन्ने कुरा थाहा हुनुपर्छ। यो संसारको कुनै पनि इक्छा र चाहनालाई एकताले पुरा गर्ने सकिन्छ। यदि हामीले एकतामा एकजुट भइ कम गर्यो भने सामाजिक समस्याको अन्त्य हुनेछ र समाजको विकास हुनेछ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 Comments: