Essay on Teej Festival in Nepali - तीज पर्व निबन्ध नेपालीमा

Essay on Teej Festival in Nepali Language : In this article, we are providing "तीज पर्व निबन्ध नेपालीमा", "Teej Nibandh in Nepali" and Essay on Teej Festival in Nepali Language for Students.

Essay on Teej Festival in Nepali - तीज पर्व निबन्ध नेपालीमा

तीज पर्व निबन्ध नेपालीमा

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका केही ठाँमा पनि मनाइन्छ।

भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्महिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन्।

यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा बोलाएर मीठा-मीठा परिकार ख्वाउँछने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ।

धार्मिक पृष्ठभुमि

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन्।

यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।

सामजिक पृष्ठभुमि

आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन्। ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ। तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ। पहिलो दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ।


Essay on Teej Festival in Nepali

भाद्र शुक्ल तृतिया तिथिको दिनलाई नेपाली हिन्दु नारीहरुको चाडको रुपमा बिशेष महत्व राख्दै आएको छ। पौराणिक कथा अनुसार हिमालय पर्वतकी सुपुत्रि पार्वतीले श्री महादेव स्वामि पाउँ भनि नदीको किनारमा बालुवाको सिवलिंग स्थापना गरी निराहार भई ब्रत बस्दा महादेव प्रसन्न भै बरदान दिई पार्वतीले माहादेवलाई स्वामि पाएको दिन हुनाले त्यति बेला देखि नै नारीहरुमा यस पर्बले बिशेष महत्व दिदै आएको छ। तिजको दिन बिबाह अगाडी ब्रत बस्नाले महादेव जस्तो स्वामि पाउने र बिवाह पस्च्यात ब्रत बस्नाले स्वामिको आयु वृद्धि भई शुख ,शान्ति र धन धान्य प्राप्त हुने बिश्वाशले नेपाली हिन्दु नारीहरुमा ''तीज ''पर्बले बिशेष लोक प्रियता हासिल गरेको छ।

हरितालिका तीज को नामले महत्व राख्दै आएको यो पर्बलाई बिशेष गरेर तिन दिन मनाईन्छ। तीजको अघिल्लो दिन बिबाह गरेर पराई घर गै सकेका चेलीहरुलाई आफ्ना दाजु भाई हरु लिन जान्छन् भने माईती घरमा आमा तथा भाउजु बुहारीहरुबाट विभिन्न किसिमका खाने कुराका परिकारहरु तयार गरी ( बिशेष गरी लट्टे ) साँझमा खाजाको रुपमा र मध्ये रातमा ''दर'' खाने चलन अझैँ पनि यद्धपी छ। बिशेष गरेर पहाड तथा ग्रामिण क्षेत्र हरुमा यो दर खाने चलनले बिशेष महत्व दिएको पाईन्छ ( ब्रत बस्ने अघिल्लो दिन माछा मासु खान हुदैन भन्ने शास्त्रिय कथनलाई पर सार्दै तीजको दरको नामले बिशेष गरी मासुको परिकार सहित शहरी क्षेत्रमा भोज भतेर पनि नहुने गरेका होईनन्। ) यसरी साँझ पख खाजाको रुपमा खाने र मध्ये रातमा पनि दरको रुपमा ( मध्यरातमा खाए पछि दिन भरी निराहार बस्दा भोकको महसुस हुदैन भन्ने चलन ) खाइ सके पछि बिहान नदीको किनार या तलाउ घर पधेरिमा स्नान गरी बालुवाको शिवलिंग बनाई माहदेवको आराधाना गर्ने गरी जल चढाई ब्रत प्रारम्भ गर्ने चलन छ। 

यसरी रातो साडी लगाई गर गहना पहिरियर दिन भरी पानी पनि नखाई निराहार बसी ( तर हिजो आज स्वास्थ्यलाई ख्याल गर्दै चोखो खाएर पनि ब्रत बस्ने गरिन्छ ) गाउँ घरको चौतारी अथवा शहर बजारमा चोक र चौरहरुमा रम झम गरी बिबाह गरेर गए पस्च्यात पिल्सीयर रहेका दुख र बेदनाहरु लगाएत देशको समसामयिक बिषयमा पनि गीतको माध्यमबाट प्रस्तुत गरी मनलाई हलुङ्गो पार्नु यो चाडले नेपाली नारीहरुको बिशेषता दिएको छ। दिन भरिको नाचगान र भोक प्यासलाई बिर्सदै सुर्य अस्ताई सके पछि पुन श्री महादेवको पुजा आराधाना गरी व्रतलाई समाप्त गर्ने चलन छ। 

यो पर्बले हिन्दु धर्म , सस्कृति र परम्परा प्रति बिशेष झुकाब दिइरहेको पाईन्छ। नेपाली हिन्दु नारीहरुले धर्म प्रति आस्था र बिश्वाश राख्ने हुनाले हाम्रो धर्म ,परम्परा र सस्कृति लाई संसार भरी नै पहिचान गराउदै ओजेल पर्नबाट जोगाई रहेकाछन्। देशको समसामाहिक अबस्था बिकृति र बिसंगगति बिरुद्ध गीतका माध्यमबाट आवाजहारू बुलन्ध गर्ने गरेको पाइन्छ। त्यसैले हामी संसारको जुन सुकै कुनामा रहे पनि हाम्रो धर्म , सस्कृति र परम्परा हरुलाई बिश्वमा नै प्रचार प्रसार गर्दै जगेर्ना गर्न मेला उत्सबहरुका साथ मनाउदै चेतना जागरण गराउने ज्ञानको आदान प्रधान हुनु अति आबस्यक छ। जसले गर्दा नेपाली नारीहरु बिच सदभाब र माया बढ्न गई सकारात्मक धारणाको बिकाश हुन जान्छ। यसको लागि जति नारीहरु सक्रिय हुन्छन् त्यति नै पुरुषहरुको सदभाब र सहयोगको खाँचो परेको हुन्छ। यसरी नारी र पुरुष मिलि गरेका सकारात्मक कामहरुले मेलमिलापको बिकास हुन गई आत्मीय भावना जागरुक हुन जान्छ। हाम्रो गाउँ घर समाजमा अशिक्षा र अन्धबिश्वसले अझै पनि रोमलिरहेको छ।चुलो चौकामा सिमित रहेका दिदी बहिनिहरुलाई परिबर्तन गराउने शिक्षाको बिकाश गर्न सक्ने आधार निर्माण गर्दै देशलाई समुन्नति र सम्वृद्धि बनाउनको लागि चेतना र शिक्षाको अति जरुरी हुन्छ। यस्तो जागरणले गाउँ घर देखि देशालाई नै समुन्नत पार्दै अन्धबिस्वसको पट्टीलाई खुलाउने ठुलो आधार हुन सक्ने छ। 

यसरी यस बर्षको तीज पर्वले देशको यो संक्रामक अबस्थालाई बिशेष ध्यान दिदै महिला शसक्तिकरण अभियान द्धारा शान्ति समुन्नतिका साथै सार्बभौमिक सपन्न राष्ट्रको नागरिकको रुपमा बाच्न पाउने अधिकारको बाहालि गर्दै देशको राष्ट्रियता र गौरबलाई कायम राख्दै हाम्रो अस्तित्वलाई जोगाउने सन्देशका गीतहरु गुन्जिन सकोस्। विश्वका बिभिन्न मुलुकहरुमा छरिएर रहेका सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुबाट एक आपसमा मेलमिलापको भाबना जगाउदे बक्तित्व बिकाशका साथै देशको यो बिसम परिस्थितिलाई यो तीज पर्बमा आशा गरौ शान्ति स्थापनाका लागि जोडदार बिरोधाबासका गीतहरु गुन्जिनेछन्।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 Comments: