निबन्ध आमा को महत्व - Essay on Mother in Nepali Language

Essay on Mother in Nepali Language : In this article, we are providing "निबन्ध आमा को महत्व", "Aama ko barema in nepali" and Essay on Mother in Nepali Language for Students.

निबन्ध आमा को महत्व - Essay on Mother in Nepali Language

निबन्ध आमा को महत्व - Essay on Mother in Nepali Language

प्राणी मात्रको सबभन्दा नजिक र प्रिय आमा नै हुन् । गर्वअवस्था देखि आजीवन अविरल र निश्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ । शृष्टि, पालन, संरक्षण, शिक्षा तथा सांस्कृति प्रदान गर्ने आमा नै वास्तविक जिउदो देवता हुन्। प्रकृतिले आमा र उनी भित्र माया नदिएको भए जीव सृष्टिबाट नै ठुलो प्रभाव पर्ने थियो होला । सम्पूर्ण जीव जगतको अध्ययनमा ठुला देखि असम सानासम्म जीवको आमाले सन्तानको हित सम्रक्षणका लागि जस्तो सुकै जोखिम उठाएको उदारहणहरू पाइने गर्दछन । यस्तो काम गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरेका हुन्छन किनकि आमा नै शृष्टि गर्नका लागि ईश्वरकि प्रतिनीधि हुन् । जसरी सानो चरो चिलसँग र सानो जनावर पनि सिंहसँग लड्न तयार हुन्छ । मनुष्यमा पनि आलमा सन्तानको लागि हृसक जनावर, आगो, पानी, चोर डाका आदिसँग लड्दा लड्दै प्राणको आहुति दिएर पनि सन्तानको रक्षा गर्दछिन । बास्तबमै आमा श्रद्धय र मायाकी प्रतिमूर्ति हुन् ।जुन सुकै प्राणीको जन्म आमाको कोख बाहेक सम्भव नै छैन । जसको कारणबाट प्राणीले जीवनको स्वाश लिन्छ अनि यही जीवनबाट यो संसारमा आँखा खोल्दै आमाको अमृत स्थानको घुट पिउदै जीवन जिउन थाल्छ । सन्तानको जीवनलाई प्रगति पथमा डोर्याउन, उसको पालन पोषण र रक्षाको लागि हरपल घर्ति बनेर पीडालाई छातीमा सहदै परि आउने कठिनाइको सामना गर्दै बलिदानको चक्रमा पिसिदै सन्तानको रक्षा गर्दछिन ।

यस्तै आमाको जीवन दर्दनाक हुन्छ सन्तानको सुख । तर सन्तानको चिनारीलाई हिजो आज नैतिकता, संस्कृति, परम्परा भुल्दै आफ्नो मैलिक चिनारी नै बिर्सिएर स्वतन्त्राको गलत फाइदा उडाउदै आमालाई घुट् घुट्को आशुले पिसाउदै अरुको संस्कृतिमा रमाएर आज आमा एक्ली भएकी छन रे । यस्तै आमाको अनुहारलाई नजिकबाट हेरिकी छु जुन अनुभूतिले मलाई आक्लांत बनाएको छ ।

दुर्गम गाउको बस्तीमा एउटा निम्न मध्यम परिवार थियो । तीन छोरा र तीन छोरी जन्म दिएकी आमाको जीवनमा कहिल्यै सुख्का दिन आएनन । आफ्नो श्रीमानको सानो जागिरबाट सबै छोराछोरीलाई प्रतिपालन गर्न र शिक्षा दिलाउन पेट भरि खुवाउँन आफूले कति दिन भोक्कै बसी सन्तानको पेट भराउन कोसिस गर्द्थिन् । सन्तान सानो र श्रीमानको जागिर शहरभन्दा बाहिर भएकोले उनीलाई अति नै कठिनाइको सामना गर्नु पर्यो । ठुलो परिवारमा भएता पनि आफन्तले कहिल्यै माया नगर्नाले दिन दिन तड्पिएर सन्तानको सुन्दर भविष्यको कल्पना मात्र गर्दथिन् उनी।

एकदिन आमाले आफ्नै सबै सम्पतिको हकदाबी गर्ने छोरालाई सोध्छिन ।

"बाबु भन त तलाई मैले आफ्नो भए जति सबै सम्पति, रुपैया, पैसा तेरो नाम गरी दिनु भनेर मैले गरी दिन्छु । तर, यदि म बिरामी भइहालेँ भने र आँखा अन्धो भएर केही हेर्न सकिन भने के गर्छौ छोरा ?"

सम्पति आफ्नो नाउँमा हस्ताउन तल्लिन छोराले भन्छ ।

"आमा म हजुरलाई राम्रोभन्दा राम्रो डाक्टरको लैजान्छु र इलाज गराउछु । चिन्ता नगर्नु म सेवा गर्छु नि ।"

"ए हो र ?" आमा उत्तर दिन्छिन् ।

त्यही कुरा छोराले आमालाई सोध्छ, "आमा आमा, यदि म कुनै दुर्घटनामा परेर मेरो आँखा गयो भने त्यो बेला हजुरले के गर्नुहुन्छ नि ?"

आमाले मिठो स्वरमा नम्र हुँदै भन्छिन्, "मेरो प्राण, तिमीलाई यो दुई मेरो नेत्र प्रदान गर्छु । तिमीबिना मेरो यो रोशनी भएर पनि अन्धकार समान हुन्छ । मेरो नेत्रले तिमीले संसार देख्न सक्ने छौ ।"

यस्ती ममतामयी आमाको मलाई सम्झना आउछ त्यो पल जुन दिन आमाले खान बनाएर लस्कर पिंढीमा बसाएर छ वटा थालमा खाना राख्नु हुन्थ्यो । अनि लगेर देऊ भन्नु हुदा कान्छी छोरीले सबैलाई लगेर दिन्थी र आफ्नो थाल भान्साकोठामा राख्द्थी ।

"ल जाऊ तिमी पनि सबैसँगै बसेर खाऊ ।"

"नाइँ म यही तपाईंसँग बसेर खान्छु ।"

"जाऊ न दिदीहरूसँगै बसेर खाऊ । आज मेरो ब्रत हो ।"

"अ होला हो ।"

उसले पकाएको भाडो उघारेर हेर्थी र खाना आमाको भागमा हुदैनथ्यो । कान्छी छोरीले आफ्नो थालको भागलाई दुई थालमा हाल्थी र आमा खानु भनेर भन्दा आमाले तर्ककै आँशु खसाल्नु हुन्थ्यो र दुवैले मिलेर आधा पेट खान्थे । कान्छी छोरीलाई त्यो आधा पेट खान र आमाको छेउमा चुलो निर गएर पाखुरामा समातेर आफ्नो शिरलाई राख्द्थी।

न्यानो माया नै कति प्यारो थियो उसलाई । र भन्थी, "आमा यो दुखको दिन कहिले हटला हाम्रो ।"

हुन् पनि किन नहोस र ! जब आमाको काखमा जन्म लिएर न्यानो आचल प्राप्त गर्यौ । हो त्यो दिनलाई आज सम्झना गर्छे ऊ । उसले जसरी आफ्नो सन्तानलाई काखमा लिदा अनुभूति गरिरहेछे ।

सानोमा जन्माउँदादेखि लिएर ठुलोसम्मको कल्पना भित्र मात्र आमाको स्मरण गर्न मन लाग्छ रे उसलाई । हो पनि । ऊ भन्द्छे, "जब म सानोमा आफ्नो कुरा व्यक्त गर्न नसकी मात्र चिच्याएर रोइदिन्थे । अनि अरु कसैले नबुझेर आमाले हामीलाई बुझ्नु हुन्थ्यो । आँशुभित्रको दाना दाना आमाले पढ्नु हुन्थ्यो । सायद म रोइदिएर भाषाको निर्माण गरी दिन्थे र आमाले मलाई यसलाई चिसो लाग्यो, भोक लाग्यो, नाङ्गो भए भनेर आफ्नो आचलमा लुटुपुटु पार्दै आफूले कति दिनसम्म भोकै बसेर हामीले निल्न नसके अन्नलाई आमाले मुखमा चपाएर, खूवाउदै हुकाउनु भयो । मेरो आत भरिएपछि मेरो आँखाको रोदन हरायो लाग्दथ्यो कि मैले जीवन पाए ।

आमा शब्दले अति नै महत्व दिदो रैछ । जब मैले आफै सन्तानलाई नौ महिनासम्म राखेर नारीबाट आफ्नो मुटुको एक टुक्रा झिकेर प्रिथिवीमा झारे अनि बल्ल आमा हुने सौभाग्य प्राप्त गरे । तर मलाई थाहा छ त्यो पीडा, मृतु पछिको पुनः जन्म लिदै कसरी सन्तानलाई जन्म दिन पुगिन्छ । आमा तिमीले गरेका हेरेक दुख आज मैले बोध गरिरहेकी छु । हो हिजो म जसरी शरीरको एक टुक्रा अंशलाई भुइमा झर्दा जसरी चिच्याए त्यो पीडा तिम्रो मैले महसुस गरे ।जुन मेरो लागि सदा बोधगम्य रहनेछ । तिमीले आफ्ना सन्तानलाई कसरी हुर्कायौ होला भनेर मैले सम्झनु आवश्यक छैन किनकि जब घामको न्यानो तापमा दलेका तेलले मलाई शक्ति प्रदान गरे झैँ सन्तानलाई हेरेर मैले गर्दैछु, पिरो अमिलो, नूनिलो, गुलियो स्वाद तिमीले खुवाएका खानाले मलाई चिनायो । किनकि पिरो हुदा म चिच्याएर रोई दिन्थे, अमिलो नूनिलो हुदा म मुखलाई बिचाकाउथे र मिठो, गुलियो म सजिलै खाई दिन्थे । तिमीले मलाई हर सास दिलाएकी छौ आमा, म कसरी बिर्सु ।

मेरो पाइला कुनै गलत ठाउमा जादा तिमीले कानको जरा पक्डेर निमोठी दिदा म रुन्थे, तिमी गाली गरेको शब्दहरूले म झर्किन्थे । त्यो मलाई आज अमृत भएको छ । तर किन तिमीले त्यस्ता गरौ भनेर पाठ मैले आफ्नै सन्तानबाट सिक्दै छु । तिमीले मलाई हासॉको महत्व सिकायौ आमा । तिम्रो हासोमा विजयको गीत गुन्जिदो रहेछ तिम्रो आँखामा आशु बह्दा दुखले बाजा बजाए झैँ लाग्छ । जुन दिन हाम्रो लागि तिमीले अति नै चिन्ता गरयौ त्यो हामी सन्तानको खुशी र सुन्दर भविष्यको लागि कामना गरौ त्यो आत्यधिक थियो आमा । कसैले पिट्न आउदा, धम्काउदा तिमील्र आफू अगाडि उभिएर सामना गर्थौ म कसरी बिर्सिनु म त्यो । हरपल रंगिन यो दुनिया बगेर आएको पानी नअड़े झैँ सिनेमाको चलचित्र बनेर आज आँखामा झल्किन्छ । आज झल्झली आफ्नो सन्तानले याद दिलौछं तिमी भित्रको पीडा ।

म गर्व गरिरहेकी छु आज आमा हुनुमा । जसरी एक नोर्दोष बच्चालाई बोल्न, हास्न, खेल्न, कुद्न, खान, उज्यालो, अँध्यारो, राम्रो, नराम्रो, ठुलो सानो, शिक्षा हुदाको र शिक्षा नहुदाको बोध गराउदै आफ्नो जिम्मेवारी बहन गर्नसम्म सिकायौ अनि आफूलाई सफा र सुन्दर, फाटेको कपडा र नफाटेको कपडाको महत्वसम्मको शिक्षा दिने आमा मलाई आत्मा निर्भर हुन् सिकायौ ।

आमा आज बुवाले छाडेर जानु भए पछि तिम्रो एक्लोपनलाई मैले टाढा बसेर कल्पना गरिरहेकी छु । तिम्रो काखामा तिमीले हुर्काएका सबै सन्तानहरू भएर पनि हिजोको त्यो पलहरूलाई बिर्सिएर आफ्नो दुनियामा मग्नमस्त भएका छनरे अनि तिमी गेन परेवाको भेलबाट छुटेको एक्लो फरेवा जुन बासको लागि भड्किएर यता उता फट्फटाउदै कसैको झुपोमा वास दिन्छन कि एकरात भन्दै मुटु भरि पीडाका ढिक्का बोकी कसैलाई नसुनाई रोदनको हासो हास्दै वास खोज्दै हिडेको छौ रे ।

तिमी कति नोर्दोष छौ आमा । तिम्रो बोली, तिम्रो हासो आज, आफै बालक हुदा तिमीले कति धैर्यता भएर मुस्कुराउँन सिकायौ, झर्किएर सानोमा चिच्याउदै काराउदा पनि तिमीले शान्त भएर बोल्यौ तर आज तिम्रा सन्तान । तिमी झैँ आमा र बुवा भन्ने अवसर प्राप्त गरे तर हाम्रो झर्किएको पल र बोलेको तिखो वचन तिमीले त सयौ आज । त्यो अवस्थामा तिमी छौ । तिम्रो ठाउमा हामी तर किन तिम्रो बचन सहन सकिरहेको छैनन किन तिम्रो त्यो मिठो मुस्कानलाई फर्काउन सक्दैन् ? किन तिमीले गरेका हरेक लगनशिलताको महत्व बुझ्न सकेनन्? किन आमाको शब्दको निर्माण गर्न सक्दैन ? आमा तिम्रो त्यो मायालाई, लगनशिलतालाई मैले शृष्टि कि जननी भनेर उचारण गर्दै तिमीले उचारण गर्न सकिएका हरेक शब्द शब्द सम्झन्छु किनकि मैले आमा हुने सौभाग्य प्राप्त गरे अनि तिमी आमा हौ ।"

मलाई याद आउछ तिम्रो काखमा छ जना सन्तान थिए । तिमीलाई स्याहार सुसार गर्न कति कठिन थियो किनकि तिमीले एक्लो थियौ । बाबाले कमाएर ल्याउन परदेश हिडेको चरी झैँ । तिमीले सानो गुढ़ भित्र संगालेर राखेको सन्तान । म ढिट स्वभावको थिए आफूले चाहेको गरेर छाड्ने । कसैसँग नडराउने । तर तिम्रो हरपल दुखको सहारा हुने प्रयास गरिरहन्थे । म परदेशिए तिमी एक्लो भएछौ । आफूलाई बाल्यअवास्थाको सबै कुरा भुलेछन तिम्रो अरु सन्तानले भन्ने थाहा पाए सम्झे बुवा र तिम्रो सम्बन्धलाई कस्तो अटल थिए कति प्रेम थियो । कुनै छोरा छोरीको गुनासो पनि आफैले घुट बनाएर पिउने बाबाले हरपल सन्तानको सुख्को लागि एकछाक पेटभरी नखाई संगालेर राख्न गरेको कोशीश आज निष्काम हुदै जादैछ रे । तिमीप्रति गर्दै गएका अभद्र व्यवहार, किचकिचले सुन्दा र त्यही एउटा कुटिलाई पनि खण्ड पर्दै तिमीलाई जोखिरहेका छन रे । यो परदेशी मन मेरो अनि तिम्रो झरेका आशु त्यो । सधै एकले अर्कालाई दोषारोपण गर्दै सहन नसकी तिमीले निस्केर पागल झैँ बेसहार वटुवा भएको कुराले मनलाई त्रासित बनाएको छ । म केही गर्न सकिरहेकी छुइनँ । मात्र कानले सुन्छु । मेरो विवशता भन्नु नै मेरो सिंगो जिन्दगी । तिम्रो शिरमा झरेको पहाडले मलाई नै भयभित गराउदै छ कसरी बिर्सिए होलान बालकपनको पहिलो विद्यालय त्यो घर अनि तोते बोलीबाट उच्चारण गर्न सिकाउदै, बाबा आमा, दादा दिदी भन्दै सबै परिवारको नाम सम्बोधन र क देखि जेडसम्म सिकाउदै विद्यालयका सिँढीहरूउत्रिन सिकाउने गुरु आमा तिमी नै थियौ, । तर आज तिमी एउटा पिजडा भित्र कैद गरिएकी मैना झैँ देख्छु । लाग्छ खुल्ला हावामा सास लिइरहेकी तिमी आज सुन्शान कोठामा एक्लै झोक्रइरहेकी छौ रे ।" आमा तिमी त गाउ घरमा सबैको लागि सुगा झैँ सिता र रामको कहानी सिकाउदै, महाभारतको कहानी सुनाउथ्यौ । मिठा मिठा ज्ञानको कुरा गरेर सबैलाई जिन्दगीको सन्देश सिकाउने भएकी थियौ । कसैको लागि मिठो बोलीले मैनाको सुरुलो आवाज सुन्न ब्याकुल हुने गर्दथे तर किन तिम्रै छोराहरूले आज गिद्ध झैँ गरिरहेछन तिमीलाई ।

"आमा तिमी त्यही हौ परेवा झैँ कोलम र सुन्दर । तिम्रो त्यही बोलीले आगनमा रौनकता आउछ जुन बेला घन्टी बजाउदै गुण गुनाउछौ सन्तानको रक्षा गर । हे प्रभु हाम्रो दुख हर ।' हरपल सम्झिन्छु आमा।"

मेरो आँखाले मात्र तिम्रो रुपलाई कल्पना गरिरहन्छ । त्यो ढोका कहिले खुल्ला अनि तिमी आफ्नै गतिमा सुख्को सास फेरौली ।मेरो आँखा परदेश भएर पनि टोलाइरहेछ त्यो पिजडाको ढोकातिर ।" जब तिमी त्यो बन्दनबाट मुक्त भएर यो लोभी अंशमा दाबी गर्ने सन्तानका आशक्त मनलाई पन्छाई दिनेछौ अनि तिमी बाहिरको स्वच्छ हावा लिदै आफ्नै संसारमा परेवा झैँ उडन सक्छौ तर आफ्नो गुढ़लाई संगालेर राख । सुनौलो संसारमा रमाउन पनि जीवन रहेसम्म आफ्नो थलो हुने पर्छ हैन भने यो पापी संसारमा जीवन जिउन गाह्रो हुदो रैछ आमा । त्यसैले म पनि एक सुगा झैँ परदेशमा पिजडा भित्रै छु, निस्केर बाहिरको संसारमा रमाउन मन लाग्छ तर भाचिएको पखेड़ाहरू अँझै तन्रिन सकेका छैन । निस्कन चाहन्छु हेर्छु तिमी झैँ यहा पनि विवश भएर बाच्ने गरेका आमा, बुवाहरूलाई अनि फेरि फर्कन्छु उही थलोमा म के गरु आमा ।

सायद समय निर्दयी भएर होला तिमी त्यहा बर्बर आशु झरेर बस्दा पनि मैले यहीको कैदीहरूलाई आशु पुछ्ने गर्दा गर्दै एक्लै यो नौलो संसारबाट फुत्त निस्किन सकिकी छैन । म यहा बसेर पनि तिम्रो कथा र ब्यथा सुनेर एउटा नौलो अनुभव गरिरहेकी छु । समयसँग परिवर्तन र प्रकृतिको सम्मान । जहाँ तिम्रो नै सम्मान देख्छु । तिमीले सिकाएका संस्कृति, संस्कारको नियम सम्झिन्छु । अनि मनन गर्छु । कति महान छ जीवन आमा भएर जिउनुमा तर पिडि पिलाले तिम्रो रुपको बर्णन सुन्छु यहा मन स्थिर छैन यता उता भड्किएको चरा झैँ आमा आज मृतुलाई कुर्दैछिंनरेभन्दा कति मन भयभित भएको छ म कसरी बर्णन गरूँ ।"


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 Comments: